याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा


February 10, 2026  

12
Shares

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि र संघर्षको कथा बोकेको सिनेमा ‘तवाबा’ प्रदर्शनको तयारीमा रहेको छ। निर्माण टिमका अनुसार सिनेमा यहि आउँदो फाल्गुन ३ गते आइतबार काठमाडौको चावाहिल स्थित चलचित्र विकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिने भएको हो।

चलचित्रले याक्थुङ समुदायले भोग्दै आएको सामाजिक विभेद, सांस्कृतिक पहिचानको लडाइँ र पुस्तौँदेखिको संघर्षलाई यथार्थपरक ढंगले चित्रण गर्ने प्रयास गरेको छ। वि।स। २०३५–२०४० सालको परिवेशमा लिम्बु याक्थुङ समुदायले भोगेको संघर्षमा आधारित यस सिनेमाले रोजगारीका लागि नागाल्याण्ड गएका श्रीमान् मुक्सामको दीर्घ प्रतिक्षामा मानसिक रूपमा विचलित हुँदै गएकी एक महिलाको मार्मिक कथा प्रस्तुत गरेको छ। साथै, उनका छोरा सिःलाङको बालमनमा देखिएको द्वन्द्व तथा गाउँमा फैलिएको दादुरा र रगतमासी (हैजा) ले सिर्जना गरेको संकटलाई सिनेमाको मुख्य कथावस्तु बनाइएको छ।शिक्षा, स्वास्थ्य र आर्थिक अभावका कारण उत्पन्न पारिवारिक तथा सामाजिक समस्यालाई सिनेमाले यथार्थपरक ढंगले चित्रण गरेको छ।

बुवाको अनुपस्थितिमा हुर्किएको सिःलाङको विरक्तिलो स्वभावले आमाको पीडालाई थप गहिरो बनाउँछ भने महामारीले गाउँका बालबालिकाको जीवनमा गम्भीर असर पार्छ।दीर्घ प्रतिक्षापछि धागोले बाँधिएको पत्रमार्फत आउने मुक्सामको खबरले कथालाई भावनात्मक तथा दार्शनिक मोडमा पुर्‍याउँछ। असल कर्म गरे पनि विधाता ‘तवाबा’ ले लेखेको नियति स्वीकार्नुपर्ने यथार्थ नै सिनेमाको मुख्य सन्देशको रूपमा प्रस्तुत गरिएको छ।

याक्थुङ समुदायको मौलिक जीवनशैली, भाषा र संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘तवाबा’ केवल एउटा मनोरञ्जनात्मक चलचित्र मात्र नभई, इतिहास र चेतनाको दस्तावेजसमेत बन्ने अपेक्षा गरिएको छ।याक्थुङ समुदायको भावना र इतिहासलाई पर्दामा हेर्न चाहने दर्शकका लागि यो सिनेमा विशेष हुने निश्चित छ।खगेन्द्र पन्धाकको लेखन निर्देशन र पर्शु थलङ्को सह निर्देशन तथा छायांकन रहेकोसिनेमाको मुख्य भूमिकामा सुमी लिम्बु, निवान पन्धाक, मित्र तामाङ र अर्जुन थापा रहेका छन्।

प्रकाशित मिति : 3:41 pm

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक