प्रथम किराँत गोल्डकप : डाँगीहाटले हरायो दार्जिलिङ युनाइटेडलाई 



पाँचथर ।  जारी प्रथम किराँत गोल्डकपमा दार्जिलिङ युनाइटेड फुटबल क्लब फराकिलो गोल अन्तरले पराजित भएको छ । फिदिम माविको खेलमैदानमा आज भएको खेलमा मोरङको डाँगीहाट फुटबल क्लब सँग ६-३ गोल अन्तरले पराजित हुँदै अन्तराष्ट्रिय पाहुना टोलीको सेमिफाइनल यात्रा टुंगिएको हो । 

 खेलको ८ औं मिनेटमा अरुण लिम्बुको पासमा उमेश राईले सहजै गोल गर्दै मोरङ अग्रता दिलाए । ३९ औं मिनेटमा सुजन धिमालले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मोरङका अरुण लिम्बुले गोल गरे । 

खेलको ४७औं मिनेटमा मोरङका सुजनले व्यक्तिगत दोश्रो र टिमको लागी चौथो गरे । ५१ औं मिनेटमा अभिशेष लिक्बुले मोरङको लागी पाँचौ गोल गरे । ५३ औं मिनेटमा पाहुना टोली दार्जिलिङका रोहित थापाले गोल गर्दै दार्जिलिङ खेलमा फकाउने प्रयास गरे । ५७ औं मिनेटमा दार्जिलिङ आशिष राईले गोल गर्दै पुःन खेलमा फर्किने संकेत गरे । ६१ औं मिनेटमा मोरङका अभिशेक लिक्बुले पुःन गोल गर्दै मोरङलाई फराकिलो जित दिलाए । ७४ औं मिनेट दार्जिलिङका गणेश लिम्बुले गोल गरे पनि जितको लागी पर्याप्त भएन ।

म्यान अफ दी म्याच मोरङका अभिशेष लिम्बु बनेका छन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जितसँगै मोरङले सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब सँगको भेट पक्का गरेको छ । 

भोलि कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र हिमालयन शेर्पा क्लब काठमाडौं बिच प्रतिस्पर्धा हुदैँ छ । प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् । खेलको फाइनल २३ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 12:50 pm

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन