प्रथम किराँत गोल्डकप : डाँगीहाटले हरायो दार्जिलिङ युनाइटेडलाई 



पाँचथर ।  जारी प्रथम किराँत गोल्डकपमा दार्जिलिङ युनाइटेड फुटबल क्लब फराकिलो गोल अन्तरले पराजित भएको छ । फिदिम माविको खेलमैदानमा आज भएको खेलमा मोरङको डाँगीहाट फुटबल क्लब सँग ६-३ गोल अन्तरले पराजित हुँदै अन्तराष्ट्रिय पाहुना टोलीको सेमिफाइनल यात्रा टुंगिएको हो । 

 खेलको ८ औं मिनेटमा अरुण लिम्बुको पासमा उमेश राईले सहजै गोल गर्दै मोरङ अग्रता दिलाए । ३९ औं मिनेटमा सुजन धिमालले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मोरङका अरुण लिम्बुले गोल गरे । 

खेलको ४७औं मिनेटमा मोरङका सुजनले व्यक्तिगत दोश्रो र टिमको लागी चौथो गरे । ५१ औं मिनेटमा अभिशेष लिक्बुले मोरङको लागी पाँचौ गोल गरे । ५३ औं मिनेटमा पाहुना टोली दार्जिलिङका रोहित थापाले गोल गर्दै दार्जिलिङ खेलमा फकाउने प्रयास गरे । ५७ औं मिनेटमा दार्जिलिङ आशिष राईले गोल गर्दै पुःन खेलमा फर्किने संकेत गरे । ६१ औं मिनेटमा मोरङका अभिशेक लिक्बुले पुःन गोल गर्दै मोरङलाई फराकिलो जित दिलाए । ७४ औं मिनेट दार्जिलिङका गणेश लिम्बुले गोल गरे पनि जितको लागी पर्याप्त भएन ।

म्यान अफ दी म्याच मोरङका अभिशेष लिम्बु बनेका छन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जितसँगै मोरङले सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब सँगको भेट पक्का गरेको छ । 

भोलि कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र हिमालयन शेर्पा क्लब काठमाडौं बिच प्रतिस्पर्धा हुदैँ छ । प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् । खेलको फाइनल २३ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १२:५०

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित