पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन



ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९ लाख ८७ हजार २०० रुपियाँ भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

यस्तै कात्तिक महिनामा ६४ हजार १०६ दर्शनार्थी मन्दिर पुगेका छन् । गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकैदिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मङ्गलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए ।

समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालुसहितका हिमशृङ्खला र प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय धार्मिक दर्शनसँगै पदयात्रा र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने पर्यटकसमेत बढ्न थालेका छन् ।

विशेषगरी चाडपर्व, बिदा तथा धार्मिक अवसरमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किम, दार्जिलिङ, आसामलगायत क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : 7:15 am

पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व

फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा सवारी ज्यान मुद्दामा अदालतबाट

सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला

पाथीभरामा एक महिनामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा