ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)



ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व चासोक तङ्नाम विभिन्न कार्यक्रम गरी मनाइएको छ । याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका–५ स्थित जानुन इन होटलमा चासोक तङ्नाम मनाइएको हो । 

लिम्बू समुदायले नयाँ अन्नबाली भित्र्याएपछि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै मनाउने सांस्कृतिक पर्वका रूपमा चासोक तङ्नाम मनाउने गरेका छन् ।कार्यक्रममा परम्परागत चासोक पूजा, याक्थुङ समुदायका सांस्कृतिक नाचगान तथा विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष हाङमाया लेछर्बोले बताउनुभयो । 

उहाँका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म तङ्सोकथिसोक (न्वागी पूजा) गरिएको थियो भने बिहान १० बजेदेखि होटल परिसरबाट भेला भई भाकारी ¥यालीसहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा याःलाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), हाम्पारे, ख्याली, तुङ्गा ताक्मे, तथा यवा साम्बा लाङ प्रस्तुत गरिएको थियो । 

चासोक तङ्नाम (न्वागी  पूजा)  अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसियालीमा यो पर्व मनाउने गरिन्छ ।

याक्थुङ चुम्लुङले परम्परागत पजनी, मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष लेछर्बोको भनाई छ । 

प्रकाशित मिति : 7:06 pm

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व

फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा सवारी ज्यान मुद्दामा अदालतबाट

सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला

पाथीभरामा एक महिनामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

ताप्लेजुङमा डा. सन्दुक रुइतको उपस्थितिमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २९ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.