दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने




रेडियो काबेली
ताप्लेजुङ ।
दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिम्मामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मंसिर १३ गतेदेखी हुने भएको हो ।

चासोक तङ्नाम मुल संचालक समितीको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिम सहित जम्मा १५ वटा टिमको सहभागिता रहने समितीका अध्यक्ष विशाल लङवा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क ५ हजार ५ सय ५५ रुपैँया रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपरान्ह ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संयोजक सुशन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार बिजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् ।

स्थानीय लोकेश लिबाङले धार्मिक एव्म साँस्कृतिक हिसाबले महत्वपुर्ण साङ्धुङ्गे क्षेत्रको प्रचार प्रसार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मंसिर १३ गतेदेखी हुने प्रतियोगिताको फाईल खेल १८ गते हुनेछ भने सोही दिन साँझ जिल्लाका कलाकारहरुको उपस्थितीमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 4:24 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई