मन्त्र व्याण्डको लाईभ कन्सर्टमा उपस्थित हुन आयोजकद्धारा पाथीभराबाट सार्वजनिक आह्वान




रेडियो काबेली
ताप्लेजुङ । मंसिर २ गते मन्त्र व्याण्डको उपस्थितीमा ताप्लेजुङमा हुने साँगीतिक कार्यक्रमको लागि आयोजक ङावोरक सङ्जुम्बो फुङ्लेङले प्रसिद्ध तिर्थ स्थल पाथीभरा पुगेर कार्यक्रममा उपस्थित हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । पाथीभरा मन्दिरमा पुगेर ब्यानर सार्वजनिक गर्दै आयोजक ङावोरक सङ्जुम्बो फुङ्लेङले सबैलाई लाईभ कन्सर्टमा उपस्थित हुन आग्रह गरेको हो ।

साथै आयोजकले विभिन्न स्थानमा ब्यान टाँसेर कार्यक्रमको प्रचार प्रसार समेत तिब्र रुपमा गरिरहेको छ । सामुदायिक भवन निर्माणका लागि गर्न लागिएको लाइभ कन्सर्ट फुङलिङ नगरपालिका–४ स्थित भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम संयोजक तारानाथ बरालले जानकारी दिनुभयो ।

करिब एक करोड ५० लाख रुपियाँमा निर्माण कार्य सकिने उक्त भवनको जग्गा खरिदका लागि १२ लाख रुपैँया आवश्यक परेको कोषध्यक्ष राजदिप मादेनले बताउँनुभयो । अहिले जग्गा धनीलाई करिब एक लाख रुपियाँ प्रदान गरि भवनको निर्माण कार्य धमाधम भइरहेको मादेनको भनाई छ ।

कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुती रहने ङावोरक सङ्जुम्बो फुङ्लेङले जनाएको छ । उक्त कन्सर्टका लागि टिकट दर न्यूनतम ५०० रुपियाँ निर्धारण गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि १५ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यस अघि असोज २१ गते कार्यक्रम हुने भनिएको भएता पनि जेनजी आन्दोलनले देश शोकमा रहेको बेलामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नभएको भन्दै मंसिर २ गतेका लागि सारिएको हो ।

प्रकाशित मिति : 7:32 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका