ताप्लेजुङमा मौलिक संस्कार संरक्षणका लागि धाननाच कार्यक्रम



साहारा लिम्बू

ताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङमा मौलिक संस्कार संरक्षणका लागि लिम्बू जातीय संस्थाले धाननाच (याःलाङ) कार्यक्रमको आयोजना गरेको छ । ताप्लेजुङस्थित सदरमुकामको विभिन्न स्थानमा धाननाच कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा रहेका जातीय संस्था किराँत याक्थुङ चुम्लुङ र याक्थुङ चुम्लुङ दुई ओटा संस्थाले विभिन्न क्षेत्रमा धाननाच कार्यक्रमको आयोजना गरेका छन् । हरेक वर्ष यी संस्थाहरूले लाखेजात्रा पर्व, चाःसोक तङनाम लगायतको पर्वमा विशेष धान नाच कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

सोही क्रममा यस वर्ष पनि लाखेजात्राको अवसरमा फुङलिङको तोक्मेडाँडा, होटल जन्नु इनको परिसर तथा माथिल्लो ट्याक्सी काउन्टर लाइनमा धाननाच कार्यक्रमको आयोजना गरिएको थियो । धाननाच कार्यक्रममा लिम्बू समुदायका महिला तथा पुरुषहरू मौलिक पोशाक र गहना लगाएर सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा आमन्त्रित अतिथि साथै गैर लिम्बू नागरिकसमेतले लिम्बू जातिको पोशाक, गरगहना लगाएर सहभागी भएका थिए । धाननाच कार्यक्रमले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउनुका साथै नयाँ पुस्तामा पुस्तान्तरणमा समेत मद्दत पुगेको याक्थुङ चुम्लुङका अध्यक्ष हाङ्माया लेछर्वोले बताउनुभयो ।

उहाँका अनुसार यस्ता कार्यक्रमले मौलिक संस्कारको संरक्षण मात्र नभएर नयाँ युवा पुस्तामा समेत धाननाचको महत्व बढ्दै गइरहेको छ । लाखेजात्राको अवसरमा आयोजित विभिन्न मेला, महोत्सव, खेल हेर्न गाउँबाट सदरमुकाम प्रवेश गरेका हजारौँ नागरिकको उपस्थिति भएको समयमा आयोजना गरेको धाननाचले गैर लिम्बू समुदायमा समेत यसको महत्व बढ्दै गएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष डम्बरबहादुर पालुङवाले बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराई, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, उपप्रमुख कृष्णप्रसाद लिङखिम, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा अन्य गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख स्थानीय नागरिकको उपस्थितिमा धाननाच कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:59 am

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन