पाथीभरामा एक महिनामा ६४ हजार बढी दर्शनार्थी



ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकैदिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मङ्गलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए ।

गत वर्ष नवरात्र सुरु भएसँगै दर्शनार्थीको चाप बढ्ने गरेको भए पनि यस वर्ष शुक्र अस्तलगायतका कारण लामो समयसम्म भक्तजनको आगमन न्यून रहेको थियो । मौसम प्रतिकूल हुने पूर्वानुमानका कारण टाढाको यात्रा नगर्न गरिएको आग्रहले समेत तीर्थयात्रीको आगमन प्रभावित भएको थियो ।

कात्तिक तेस्रो सातादेखि मौसममा सुधार आएपछि दर्शनार्थीको सङ्ख्या बढ्न थालेको कार्यकारी निर्देशक हाङ्बाले बताउनुभयो ।

समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराबाट कञ्चनजङ्घा, मकालुसहितका हिमशृङ्खला र प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय धार्मिक दर्शनसँगै पदयात्रा र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने पर्यटकसमेत बढ्न थालेका छन् ।

दर्शनार्थीको चाप बढेपछि फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी र माथिल्लो फेदीका होटल भरिभराउ भएका छन् । मेची राजमार्ग र तमोर करिडोरमा समेत सवारीसाधनको चाप बढेको छ । 

प्रकाशित मिति : 5:08 pm

पाथीभरामा एक महिनामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

ताप्लेजुङमा डा. सन्दुक रुइतको उपस्थितिमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २९ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

मेची राजमार्गमा दुई बस ठोक्किँदा तीन घाइते

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ खहरेस्थित

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य

ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र