साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै


February 17, 2026  

150
Shares

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रवासी नेपाली युवाहरूको सक्रियतामा हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष मार्च २० र २१ मा, ईद पर्वको अवसर पारेर, भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बढीमा १५ टोलीको सहभागिता रहने बताइएको छ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ।

आयोजक सगरमाथा फुटबल क्लब रियाद का अनुसार साउदी अरबमा क्रियाशील विभिन्न नेपाली समुदायका फुटबल टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामार्फत प्रवासी नेपालीबीच सद्भाव, एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखिएको छ। साथै खेलकुदमार्फत नेपाली पहिचानलाई थप सुदृढ गर्दै युवालाई खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यसमेत रहेको जनाइएको छ।

पुरस्कारतर्फ विजेता टोलीले नगद ७ हजार साउदी रियालसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ हजार ५ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिनुका साथै विभिन्न विद्यागत पुरस्कारहरू समेत वितरण गरिनेछ।

विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको सगरमाथा गोल्डकपले रियादस्थित नेपाली समुदायमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्दै आएको छ। प्रतियोगिताले खेल प्रतिभा पहिचान गर्नुका साथै सामाजिक सद्भाव सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको दाबी छ।

आयोजकले सम्पूर्ण खेलप्रेमी तथा नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : 5:04 pm

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर

फुङलिङ नगरपालिकाद्वारा आधिकारिक लोगो छनोट 

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो आधिकारिक

सङ्घीयता कार्यान्वयन र विकासमा जोड दिन सांसद क्षितिज थेबेको आग्रह

ताप्लेजुङ, असार १६ गते । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको