अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक



ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८३ अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलाको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । 

विहीबार फुङलिङ–५ विरेन्द्र चोकमा एक पत्रकार सम्मेलनको आयोजना गरि खेल तालिका सार्वजनिक गरिएको छ । फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँबा, सल्लाहकार नुपुछिरिङ शेर्पा तथा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्कीको उपस्थितमा खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा मङ्सिर २ गते आयोजक र अप्पर मेवा केटिएमबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै, मङ्सिर ३ गते हुने दोस्रो क्वार्टरफाइनलमा फेदाप गाउँपालिका तेह्रथुम र सैनिक युवा क्लब झापाबीच खेल हुनेछ । सोही दिन तेस्रो क्वार्टरफाइनलमा कुमायक गाउँपालिका पाँचथर र खोक्लिङ सामाजिक युवा क्लब मिक्वाखोला–२ बीच प्रतिस्पर्धा हुनेछ । मङ्सिर ४ गते हुने चौथो क्वार्टरफाइनलमा ग्रीन भ्याली युवा क्लब मेरिङदेन–६ नाल्बु र मारिक एफसी धरान भिड्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल मङ्सिर ४ गते र दोस्रो सेमिफाइनल मङ्सिर ५ गते हुनेछ । फाइनल खेल मङ्सिर ६ गते दिउँसो १ बजे सञ्चालन हुने खेल तालिकामा उल्लेख छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

समितिका अध्यक्ष साँवाका अनुसार स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदको सट्टा अलैँची पुरस्कार दिने व्यवस्था गरिएको हो । गत वर्ष पनि प्रतियोगितामा अलैँची नै पुरस्कारका रूपमा प्रदान गरिएको थियो । गत वर्ष पाँचथरको गणेश चोकले उपाधि हासिल गरेको थियो । 

मेलामा फुटबलसँगै नृत्य, च्याब्रुङ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने सल्लाहकार शेर्पाले बताउनुभयो। फङ्फङ्देन झरनाको पर्यटन प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य मेलाले राखेको छ ।

प्रकाशित मिति : 11:51 am

अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने

नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक