सौगात बिष्ट
ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बिभिन्न पाँच खेल विधाका खेल प्रशिक्षक छनोट गरेको छ । गाउँपालिकाले मङ्गलबार अन्तरवार्तामा सहभागी उम्मेरदवारहरुको मूल्याङ्कन र छनोट समितिको निर्णय अनुसार बिभिन्न विधाका खेल प्रशिक्षक छनोट गरेका हो ।
पालिकाले गत भदौ ३१ गते खेल प्रशिक्षक लागि दरखास्त आव्हान सम्बन्धी सुचना प्रकाशित गरेको थियो । सोहि सुचनाका आधारमा दरखास्त दिएका उम्मेरदवारहरुबाट कबड्डी, भलिबल, कराते, उसु र तेक्वान्दो खेलका लागि जिल्ला भित्र र बाहिरका गरि एक–एक जना प्रशिक्षक छनोट गरिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताउनुभयो।
कबड्डी खेल प्रशिक्षकमा मेरिङदेन गाउँपालिका–५ का दावा शेर्पा र भलिबलतर्फ सिरिजङ्घा गाउँपालिका–५ का यामबहादुर भट्टराई छनोट हुनुभएको छ।
त्यस्तैगरि, करातेखेल तर्फ इलामको चुलाचुली गाउँपालिका–८ का मनकुमार योङहाङ, उसुमा सन्दकपुर गाउँपालिका–४ का प्रनिश राई र तेक्वान्दोमा रोङ गाउँपालिका–२ का उज्ज्वल वाइबा छनोट हुनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रधानले जानकारी दिनुभयो।
प्रशिक्षकमा छनोट भएका उम्मेदवारले नियुक्ति तथा करार सम्झौतासम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सात दिनभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।






प्रतिक्रिया