जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी लामिछाने विजयी



ताप्लेजुङ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी भएकी छन्। उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्। नेकपा (एमाले)का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्।

रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन्।

नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत पाएकी छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन्। अहिले कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन्।

गत निर्वाचनमा कांग्रेसका सरिताले ५ हजार ४०६ मत ल्याएर जित्दा एमालेबाट उम्मेदवार बनेकी सुनिता बोहराले ३ हजार ३९३ मत ल्याएकी थिइन्।

२०७९ मा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो। त्यसबेला नलगाडको मेयरमा माओवादीका डम्बरबहादुर रावत निर्वाचित भएका थिए।

प्रकाशित मिति : 8:39 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ