दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत



ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा भएको आगलागीबाट प्रभावित १६ परिवारलाई पाँच लाख ६० हजार रुपियाँ राहत रकम वितरण गरिएको छ ।

नेपाल बौद्ध महायान केन्द्र गुम्बा (कपन गोन्पा) र कपन हेल्पिङ हेन्ड्सको सहयोग तथा नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा आगलागीपीडित परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले गरेको क्षतिको मूल्याङ्कन तथा प्रभावित परिवारको क्षतिको विवरणका आधारमा वर्गीकरण गरी राहत वितरण गरिएको नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङले जनाएको छ ।

क्षति बढी भएका ‘क’ वर्गका दुई परिवारलाई प्रतिपरिवार ५६ हजार रुपियाँका दरले एक लाख १२ हजार रुपियाँ प्रदान गरिएको छ । उक्त वर्गमा चन्द्र पौडेल र घनश्याम खरेल रहेका छन् ।

त्यस्तै, ‘ख’ वर्गमा परेका नौ परिवारलाई प्रतिपरिवार ४० हजार रुपियाँका दरले तीन लाख ६० हजार रुपियाँ वितरण गरिएको छ । राहत पाउनेमा लक्पा चुङ शेर्पा, यामबहादुर लिम्बू, आङ मिङ्मा शेर्पा, सुखवीर लिम्बू, राजेन्द्र पौडेल, श्यामबहादुर लिम्बू, आरती लिम्बू, काशीनाथ चुडाल र भीम लाङ्वा रहेका छन् ।

यसैगरी, ‘ग’ वर्गमा रहेका पाँच परिवारलाई प्रतिपरिवार १७ हजार ६०० रुपियाँका दरले कुल ८८ हजार रुपियाँ प्रदान गरिएको छ । उक्त वर्गमा अनिशा बराइली, सुमन लिम्बू, लक्पा शेर्पा, अनुष्का आङबुहाङ र योगेन शेर्पा रहेका छन् ।

स्थानीयस्तरमा सङ्कलन गरिएको क्षतिको विवरण र सरकारी निकायको मूल्याङ्कनलाई आधार बनाएर राहत वितरण गरिएको नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङका अध्यक्ष दावा शेर्पाले बताउनुभयो । आगलागीबाट प्रभावित परिवारलाई तत्कालको कठिन अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

गत असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । घटनामा १६ परिवार प्रभावित भएका थिए भने करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो ।

आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत र सहयोग उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : 12:10 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य