ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री



ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि ताप्लेजुङमा बुधबारबाट चिनी बिक्री सुरु गरेको कम्पनीले चार दिनकै अवधिमा ९५ क्विन्टल चिनी बिक्री गरेको हो ।

कम्पनी ताप्लेजुङका शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार बुधबार पहिलो दिन २१ क्विन्टल, बिहीबार दोश्रो दिन साढे १९ क्विन्टल, शुक्रबार तेश्रो दिन २५ क्विन्टल र सोमबार चोथो दिन साढे २८ क्विन्टल चिनी उपभोक्ताले खरिद गरेका छन् । चार दिनको अवधिमा १० लाख बढीको चिनी बिक्री भएको कम्पनीले जनाएको छ ।

ताप्लेजुङमा पहिलो चरणमा १८० क्विन्टल चिनी आएको थियो । जसमध्ये ९५ क्विन्टल बढी चिनी बिक्री भएको छ भने हाल ८० क्विन्टल मात्र चिनी कार्यालयसँग मौज्दात रहेको छ । बजारमा चिनी प्रति किलोग्राम १४० रुपियाँसम्म पर्ने र खाद्यमा प्रतिकिलोग्राम ११० रुपियाँमै उपभोक्ताले खरिद गर्न पाउँदा चाप बढी भएको कार्यालयले जनाएको छ । पहिलो र दोस्रो दिन प्रतिव्यक्ति ६ किलोग्राम मात्र चिनी प्रदान गरिएकाले उपभोक्ताको भीड लागेको थियो । भीडलाई मध्यनजर गर्दै हाल प्रतिव्यक्ति २५ किलोग्रामसम्म चिनी प्रदान गर्न सुरु गरिएकाले सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रण भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ ।

कार्यालयका अनुसार चामलको मागसमेत उत्तिकै मात्रामा वृद्धि भइरहेको छ । सोमबार एकैदिन ५० क्विन्टल चामल बिक्री भएको थियो । कार्यालयमार्फत २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल प्रतिबोरा दुई हजार १७५ र सोना मनसुली चामल एक हजार ४२५ रुपियाँमा बिक्री भइरहेको शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको हालसम्ममा करिब ४१ लाख ८१ हजार ६०० रुपियाँको ५२३ क्विन्टल चामल बिक्री भएको कार्यालय जनाएको छ । सेवाग्राहीले दैनिक उपभोग्य सामाग्रीहरू खानेतेल, दाल लगायतका सामाग्रीहरू समेत खरिदका लागि माग गरेका छन् । सोही अनुसार कार्यालयले थप प्रक्रिया अघि बढाएको र दशैँ अघि देखि नै थप सामाग्री ताप्लेजुङ ल्याउने पहल भइरहेको प्रमुख तिम्सिनाले बताउनुभयो ।

कार्यालयले गत आवमा एक करोड ६ लाख रुपियाँ बढीको चामल बिक्री गरेको थियो ।

प्रकाशित मिति : 5:54 am

ताप्लेजुङमा डा. सन्दुक रुइतको उपस्थितिमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २९ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

मेची राजमार्गमा दुई बस ठोक्किँदा तीन घाइते

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ खहरेस्थित

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य

ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र

अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?

ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९