ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि ताप्लेजुङबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ । बुधबार भएको निर्वाचनको मतगणना शुक्रबार राति सम्पन्न भएसँगै जिल्लाबाट निर्वाचित प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो ।
मतदान अधिकृत शिवराज पोखरेलका अनुसार जिल्लाबाट खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १७ जनाको उम्मेदवारी परेको थियो । खुलातर्फ इन्द्रकुमार केदेम लिम्बू, केशवप्रसाद दाहाल, खगेनसिंह हाङ्गाम, गजेन्द्रप्रसाद तुम्याहाङ, गणेशबहादुर लिम्बू, छविलाल गुरुङ, छोवाङ लन्डुक शेर्पा, टीकाराम गुरुङ, डम्बर हाङ्गाम र युवराज गुरुङ निर्वाचित हुनुभएको छ ।
महिला सदस्यतर्फ गीता कुमारी सेन्दाङ, लिलादेवी बोखिम, शान्ति मादेन र शिला इजम निर्वाचित हुनुभएको छ । पेशागततर्फ डिल्लीरमण बराल तथा ३५ वर्षमुनिका महिलातर्फ पासाङकिपा शेर्पा निर्वाचित हुनुभएको छ । ३५ वर्षमुनिको खुलातर्फ गौरव भण्डारी र लोकेश लङ्वा लिम्बू निर्वाचित हुनुभएको पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै श्रमिकतर्फ पदमसुन्दर पालुङ्वा, समानुपातिकतर्फ कमल लिम्बू (डिल्ली), मातृका प्रसाद शेर्पा, सुरेश लिम्बू सिङ्घक र क्षितिज सुनुवार निर्वाचित हुनुभएको छ । खस आर्य समानुपातिक महिलातर्फ मातृका देवी प्रसाईँ र खुलातर्फ तारानाथ बराल निर्वाचित हुनुभएको छ ।
दलिततर्फ टीकेन्द्र नेपाली, अल्पसङ्ख्यकतर्फ तेजकुमार सुनुवार तथा समानुपातिक आदिवासी जनजातितर्फ कविता सुब्बा, जसोदा गुरुङ मादेन र प्रमिला गुरुङ निर्वाचित हुनुभएको छ । दलित खुलातर्फ जसबहादुर बर्देवा पुजन निर्विरोध निर्वाचित हुनुभएको मतदान अधिकृत पोखरेलले बताउनुभयो ।
प्रतिनिधि चयनका लागि जिल्लामा रहेका एक हजार ४२९ मतदातामध्ये एक हजार २७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि हुने कार्यतालिका रहेको छ ।






प्रतिक्रिया