कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै



ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिअन्तर्गत प्रदेशसभा क्षेत्र नं. १ (क) को नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।

प्रदेशसभा क्षेत्र नं. २ (ख) को कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भए पनि १ (क) मा नेतृत्व र प्रतिनिधि चयनमा मङ्गलबार साँझसम्म सहमति जुट्न नसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृत शिवराज पोखरेलका अनुसार बुधबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएपछि बुधबार नै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रदेशसभा १ (क) को सभापति पदमा निवर्तमान क्षेत्रीय उपसभापति गणेश खिम्दिङ र सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान मुख्य आकांक्षीका रूपमा देखिनुभएको छ । नेतृत्व चयनका लागि दुवै पक्षबीच सहमतिको प्रयास भए पनि मङ्गलबार साँझसम्म सहमति हुन सकेको छैन ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट कोशी प्रदेश अधिवेशनका लागि प्रत्येक प्रदेशसभा क्षेत्रबाट २४ जना अधिवेशन प्रतिनिधि चयन हुनेछन् । प्रदेशसभा २ (ख) बाट २४ जना प्रतिनिधि यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

प्रदेशसभा १ (क) बाट भने ३३ जना महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्नेछ । रातभरमा सहमति नभए बुधबार प्रदेशसभा १ (क) को नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:17 am

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार

कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै

ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा