कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका चन्द विजयी



ताप्लेजुङ । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस नै विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकाबहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०७:५५

कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज झापा र इलाम फाइनका लागि भिड्दै

ताप्लेजुङ  । ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा आज

कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप : तेह्रथुमलाई पछि पार्दै धरान फाइनलमा 

साहारा लङ्वा लिम्बूताप्लेजुङ । धरान सुनसरीको गोधूली फुटबल क्लब कञ्चनजङ्घा

कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज सेमिफाइनलको पहिलो खेल, सम्दु र गोधूली भिड्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ)

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : पाँचथरलाई हराउँदै झापा सेमिफाइनमा 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । बिर्तामोड झापाको न्यु स्टार क्लब

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र पाँचथर भिड्दै

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा