दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी



ताप्लेजुङ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।

एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए ।

प्रकाशित मिति : 6:51 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ