नेपालमा पनि हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु



काठमाडौँ । नेपालमा पनि हावाबाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनरजी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरी उनीहरुले सहयोग गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँग सहकार्य गरी अध्ययन सुरु गरिएको हो ।

अध्ययनका लागि आवश्यक सामाग्रीहरु जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छे । दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा र तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले संयुक्त रूपमा सामानहरु हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पनि प्रयोग गरिने जनाइएको छ । विद्यार्थीलालई प्रेरणा दिइ उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेज काम थालेको कलेजले जनाएको हो ।

यसको लागि कलेजका प्रोफेसर दिनेशप्रसाद गुरागाईं अध्यक्षतामा हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ । हावा इनर्जी परियोजना नामाकरण गरिएको यो परियोजनाका लागि कलेजका प्रोफेसर पाँंच रहेका छन् । कलेजका विभिन्न विभागहरु सिभिल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टिकल एण्ड कम्युनिकेशनका एकएकजना प्रोफेसरहरु सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समूहका अध्यक्ष दिनेशप्रसाद गुरागाईले जापानीहरुको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए । यसअनि पनि यो प्राजेक्ट रहेको भन्दै उनले यसलाई सफलतामा पुराई छाडने प्रतिबद्धता जनाए ।

यसका लागि कलेजमा अध्ययनतर विद्यार्थीलाई प्रयोग गरिने उनले जनाए । पहिलो चरणमा हामीले चाँंगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँंहरूमा हावाको गति नाप्ने काम गर्ने योजना छ, उनले भने, पछि देशका अन्य ठाउँंहरुमा पनि गर्न सकिन्छ ।

यसका लागि चाँंगुनारायण नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसबाट हावाको बेग नापिने छ ।

तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले हावाबाट पनि बिजुली उत्पादन सम्भव रहेको बताए । यही सम्भाबनाका कारण आफूहरुले नेपालमा २०७२ सालको महाभूकम्प पछाडिदेखि हरेक वर्ष आइ कलेजका विद्यार्थीलाई परामर्श दिने गरेको महर्जनले सुनाए । जापानमा प्रयोगमा रहेको यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा काम गर्न खोजिएको उनले जनाए । उनले भविष्यमा नेपालबाटै यो अध्ययन अनुसन्धान होस् भन्ने हेतुले आफूहरुले सहयोग गरिहेको बताए । उनका अनुसार जापानमा एक सेकेण्ड पनि कहिल्यै लोडसेडिंग हुँंदैन ।

नेपालका विभिन्न ठाउँहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको उनले जनाए । यही प्रायोजनका लागि जापानको जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा हाल महर्जनसहित नेपालमा छन् । महर्जन पनि तीन दशक अघिदेखि नै जापानमै छन् ।

नेपालमा अहिलेसम्म हाइड्रोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रूपमा बिजुली निकाल्न सकिएको छैन ।

कलेजका प्रोफेसर गणेश शाहका अनुसार नेपालका विभिन्न ठाउँंहरूमा प्रयोग गरिएको बताइएको छ तर सफलतापूर्वक काम भइरहेको अवस्था भने छैन । उनका अनुसार नेपालको जोमसोम, नवलपरासी, सलार्ही, चितवनमा यसको लागि प्रयासरत छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ३० बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको