घरेलुद्धारा ग्राफिक डिजाइन तथा वेभ डेभलपमेन्ट सम्बन्धी तालिमका लागि ६० विद्यार्थी छनोट  



सौगात विष्ट

ताप्लेजुङ, माघ १३ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइन तथा वेभ डेभलपमेन्ट सम्बन्धी तालिम सिकाइका लागी ६० विद्यार्थी छनोट गरेको छ । कार्यालयले ग्राफिक डिजाइनका लागी ३० जना र वेभ डेभलपमेन्टका लागि ३० जना गरी जम्मा ६० जना विद्यार्थी छनोट गरेको हो । 

आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गर्ने भएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमा बुधबारबाट ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीमा सुरु हुने छ । 

तालिम १५० दिन सञ्चालन गरिने छ । यस अघि नै तालिमका लागी भनी १५ दिनको म्यादमा दरखास्त आह्वान गरिएको थियो । सोही अनुसार प्राप्त भएको आवेदन मार्फत ६० जना विद्यार्थी छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 5:06 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू