घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित



ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीले दीक्षित भएका ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । ग्राफिक डिजाइनका ३० र वेभ डेभलपमेन्टका ३० जना गरी ६० जना दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको हो । 

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आर्थिक सहयोगमा १५० दिन तालिम सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८२–८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले जानकारी दिनुभयो । 

कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरणको कार्यक्रम सम्पन्न भएको एकेडेमी प्रमुख बसन्त लिम्बूले जानकारी दिनुभएको छ । पूर्वमन्त्री हाङ्गामकै पहलमा तालिमका लागि आर्थिक सहयोग प्राप्त भएको हो । 

पूर्वमन्त्री हाङ्गमले आफ्नो कार्यकालमा ग्राफिक डिजाइन र वेब डेभलपमेन्टको लागि भनेर ३९ लाख रुपियाँ बजेट विनियोजन गर्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत सोही कार्यक्रम अन्तरगतको कक्षा सञ्चालन भएको एकेडेमी प्रमुख लिम्बूले जानकारी दिनुभयो । 

तालिममा मधेश प्रदेश र पाँचथर जिल्लाका प्रशिक्षार्थीहरूको समेत सहभागिता रहेको थियो । उक्त एकेडेमीबाट अहिले सम्म ग्राफिक डिजाइन, वेभ डिभलोपमेन्ट, डिजिटल मार्केटिङ र इमेज एनोटेसन मार्फत २१० जना प्रशिक्षार्थीहरू दीक्षित भइसकेका छन् । 

दीक्षित भएका अधिकांशले देश तथा विदेशका कम्पनीहरूमा रोजगारी प्राप्त गरी काम गरिरहेको पनि प्रमुख लिम्बूको भनाई छ ।

प्रकाशित मिति : 7:04 pm

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार

कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै

ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा