आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 



 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीले दीक्षित भएका १८ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीले इमेज एनोटेसनका १३ जना, ग्राफिक डिजाइनका ४ जना र वेभ डेभलपमेन्टका १ जना गरी जम्मा १८ दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको हो । 

कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरणको कार्यक्रम सम्पन्न भएको एकेडेमी प्रमुख बसन्त लिम्बूले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त एकेडेमीबाट अहिले सम्म ग्राफिक डिजाइन, वेभ डिभलोपमेन्ट, डिजिटल मार्केटिङ र इमेज एनोटेसन मार्फत २१० जना प्रशिक्षार्थीहरू दीक्षित भइसकेका छन् । 

दीक्षित भएका अधिकांशले देश तथा विदेशका कम्पनीहरूमा रोजगारी प्राप्त गरी काम गरिरहेको पनि प्रमुख लिम्बूको भनाई छ । अहिले भने ग्राफिक डिजाइन र वेभ डेभलपमेन्टका कक्षाहरू सञ्चालन भइरहेको छ । जसमा ताप्लेजुङ सहित पाँचथर, सुनसरी, सप्तरीका ६१ जना प्रशिक्षार्थीहरूले तालिम लिइरहेका छन् । 

प्रमाणपत्र वितरण कार्यक्रम सँगै पूर्व मन्त्री हाङ्गामले एकेडेमीको अवलोकन समेत गर्नुभएको छ । हाङ्गमले आफ्नो कार्यकालमा ग्राफिक डिजाइन र वेब डेभलपमेन्टको लागि भनेर ३९ लाख रुपियाँ बजेट विनियोजन गर्नु भएको थियो । अहिले घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत सोही कार्यक्रम अन्तरगतको कक्षा सञ्चालन भइरहेको एकेडेमी प्रमुख लिम्बूले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 6:28 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी