वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङका सबै शैक्षिक संस्थाहरू दुई दिन बिदा



सौगात बिष्ट

ताप्लेजुङ, असोज ८ गते । भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङका सबै शैक्षिक संस्थामा दुई दिन आकस्मिक बिदा दिइएको छ।शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले स्थानीय तहहरूलाई पत्राचार गर्दै असोज ८ र ९ गते पालिकाभित्रका सबै शैक्षिक संस्थाहरु दुई बन्द गर्न आग्रह गरिएको निमित्त इकाई प्रमुख आशिष घिमिरेले जानकारी दिनुभयो । 

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सम्बन्धित विज्ञहरूको पूर्वानुमानका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज ८ र ९ गते विद्यालय बिदा गर्न सार्वजनिक सूचना जारी गरेको भन्दै एकाइले स्थानीय तहलाई सोहीअनुसार समन्वय गर्न अनुरोध गरेको एकाईद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । 

यस्तै विद्यालय बिदाको अवधिमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीलाई सुरक्षित राख्न तथा सम्भावित विपद्बाट जोगाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, आवश्यकता परे विद्यालय भवनलाई अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायबीच आवश्यक समन्वय र व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ ।

मौसम विभागले यही असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्न सक्ने पूर्वानुमान गरेको छ  । 

प्रकाशित मिति : 11:34 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता