शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना



ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले मयाम माध्यमिक विद्यालय फुरुम्बुमा अक्षयकोष स्थापना गर्नु भएको छ । शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने उद्देश्यसहित पुर्व विद्यार्थी तथा दम्पतीले आफ्ना बुवा तथा आमाहरूको वार्षिक पुण्य तिथिको अवसरमा अक्षयकोष स्थापना गर्नु भएको हो ।

स्व. बुवा जानबहादुर कार्की, आमाहरु स्व। चन्द्रमाया कार्की, स्व. विष्णुमाया रिजाल कार्की र स्व. डिकुरा खड्का कार्की वार्षिक पुण्य तिथिको अवसरमा छोरा बुहारीहरू रामबहादुर कार्की तथा दिलमाया कार्की र दिपक कार्की तथा इन्दिरा बस्नेत कार्कीले अक्षयकोष स्थापना गर्नु भएको विद्यालयका प्रधानाध्यापक नविन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार समाजसेवी दम्पतीले दुई लाख १०१ रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको हो । अक्षयकोष बापतको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष गुरुङलाई दाताले एकमुष्ट रुपमा हस्तान्तरण गरेको छ ।

शैक्षिक उन्नति र विद्यार्थीहरूको उज्वल भविष्य तथा विद्यालयको दीर्घकालीन शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको दीपक कार्कीले बताउनुभयो । अक्षयकोष स्थापनापछि वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतको कार्यक्रम गर्ने विद्यालयले जनाएको छ ।

यस्तै विद्यालयमा पहिलो पटक कार्की परिवारले अक्षयकोष स्थापना गर्नू भएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो । चार जना अक्षयकोष दातालाई विद्यालयले दोसल्ला ओढाएर सम्मान पत्र समेत प्रदान गरि सम्मान गरिएको छ ।

फुङलिङ नगरपालिका १० नं. वडाका वडाध्यक्ष सन्तोष नुगो लिम्बूले दातालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ । त्यस्तै परिवारका अन्य सदस्यहरूलाई समेत खादा लगाएर सम्मान गरिएको बताइएको छ ।

विद्यालय जस्तो पवित्र क्षेत्रमा स्थापना गरिएको अक्षयकोषको प्रशंसा गर्दै यसले अन्य व्यक्ति तथा परिवारमा समेत अक्षयकोष रकम जम्मा गर्नका लागि प्रेरणा मिल्ने वडाध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नू भएको थियो ।

प्रकाशित मिति : 5:11 pm

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार