पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन



ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरका बारेमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा तयार पारिएको ‘शक्तिपीठ पाथीभरा’ नामक पुस्तक शुक्रबार विमोचन गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको पुस्तक कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । मन्त्री तिम्सिनासहित कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम र निर्मला तावा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङ्गाम (डम्बर), प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पुस्तक हर्कराज गुरुङको लेखन तथा सम्पादनमा तयार गरिएको हो । पुस्तक तयार पार्न टंक भट्टराई, डिल्ली निरौला, मानबहादुर गुरुङ, सन्तोष पुर्कुटी, नवीन निरौला, अनिल खड्का र शारदा अधिकारीले सहयोग गर्नुभएको समितिले जनाएको छ ।

पुस्तकको एक हजार प्रति प्रकाशन गरिएको छ । काठमाडौँको पवित्रा प्रिन्टिङ प्रेसमा मुद्रण गरिएको पुस्तकको आवरण ताप्लेजुङस्थित पाथीभरा क्रिएशन हाउसले तयार पारेको हो ।

पुस्तकमा पाथीभराको परिचय र धार्मिक महत्वलाई मुख्य विषय बनाइएको छ । चिनारी तथा आवरणसम्बन्धी विवरणबाहेक पुस्तक ८७ पृष्ठको रहेको छ । नेपाली संस्करण ७ देखि ३४, अंग्रेजी संस्करण ३५ देखि ५० र हिन्दी संस्करण ५१ देखि ६१ पृष्ठसम्म समेटिएको छ ।

पुस्तकको अंग्रेजी संस्करण डिल्लीप्रसाद न्यौपाने र हिन्दी संस्करण शारदा अधिकारीले संयोजन गर्नुभएको हो । तीन भाषामा पुस्तक प्रकाशनले पाथीभराको धार्मिक तथा पर्यटकीय पहिचानलाई स्वदेश तथा विदेशमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो ।

प्रकाशित मिति : 6:33 am

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि

ताप्लेजुङमा लागूऔषधसहित युवक पक्राउ

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित