याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै



काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा याक्थुङ लिम्बु मुन्धुम सम्बन्धी एक दिने विशेष विमर्श कार्यक्रम काठमाडौंमा हुने भएको छ । ईस्ट ब्लक सेन्टरको आयोजनामा, नवीन वनेम लिम्बुको संयोजनमा यो कार्यक्रम आज साउन २४ गते (शनिवार) अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको हो ।
कार्यक्रममा प्राज्ञ अमर तुम्याहाङ, डा. युवराज लिम्बु, डि.बी. आङबुङ, डा. क्षितिज लिम्बु, प्रा. लिला चेम्जोङ, यासेली योङहाङ, प्रा. लिला लुङगेली लगायतका विज्ञ तथा शोधकर्ताहरूको सहभागिता रहनेछ ।
विमर्शमा याक्थुङ लिम्बु समुदायले अभ्यास गर्दै आएको ‘मुन्धुम दर्शन’ सम्बन्धी विभिन्न आयामहरूमा बहस र छलफल हुनेछ । सहभागीहरूका अनुसार, मुन्धुमसँग सम्बन्धित प्राज्ञिक, काव्यात्मक तथा विधिशास्त्रीय दृष्टिकोण प्रस्तुत गर्नुका साथै यसको ज्ञानसत्ता, आधुनिक जीवनशैलीमा यसको प्रभाव र सामना गर्नुपर्ने चुनौतीहरूबारे चर्चा गरिनेछ ।
साथै, याक्थुङ लिम्बु समाजमा मुन्धुम अभ्यासक्रमको वर्तमान अवस्था, समाज विकासक्रममा देखिएका मातृसत्ता, पितृसत्ता तथा आदिसत्ता जस्ता संरचनासँग मुन्धुमको सम्बन्धबारे पनि विश्लेषणात्मक बहस हुने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार १०:१९

ताप्लेजुङ गोल्डकप : उद्‌घाटन खेलमा टिकटबाट तीन लाख बढी रकम सङ्कलन

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा

ताप्लेजुङ गोल्डकपमा सुनसरीको विजय यात्रा सुरु

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ

ताप्लेजुङ गोल्डकप सुरु (फोटोफिचर)

साहारा लिम्बूताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ

याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै

काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा

ताप्लेजुङ समाजको आयोजनामा काठमाडौँमा ‘ताप्लेजुङ लाखे नाच मेला’ हुने

काठमाडौँ । ताप्लेजुङ समाज नेपालले आगामी साउन ३१ गते काठमाडौँमा