याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै



काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा याक्थुङ लिम्बु मुन्धुम सम्बन्धी एक दिने विशेष विमर्श कार्यक्रम काठमाडौंमा हुने भएको छ । ईस्ट ब्लक सेन्टरको आयोजनामा, नवीन वनेम लिम्बुको संयोजनमा यो कार्यक्रम आज साउन २४ गते (शनिवार) अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको हो ।
कार्यक्रममा प्राज्ञ अमर तुम्याहाङ, डा. युवराज लिम्बु, डि.बी. आङबुङ, डा. क्षितिज लिम्बु, प्रा. लिला चेम्जोङ, यासेली योङहाङ, प्रा. लिला लुङगेली लगायतका विज्ञ तथा शोधकर्ताहरूको सहभागिता रहनेछ ।
विमर्शमा याक्थुङ लिम्बु समुदायले अभ्यास गर्दै आएको ‘मुन्धुम दर्शन’ सम्बन्धी विभिन्न आयामहरूमा बहस र छलफल हुनेछ । सहभागीहरूका अनुसार, मुन्धुमसँग सम्बन्धित प्राज्ञिक, काव्यात्मक तथा विधिशास्त्रीय दृष्टिकोण प्रस्तुत गर्नुका साथै यसको ज्ञानसत्ता, आधुनिक जीवनशैलीमा यसको प्रभाव र सामना गर्नुपर्ने चुनौतीहरूबारे चर्चा गरिनेछ ।
साथै, याक्थुङ लिम्बु समाजमा मुन्धुम अभ्यासक्रमको वर्तमान अवस्था, समाज विकासक्रममा देखिएका मातृसत्ता, पितृसत्ता तथा आदिसत्ता जस्ता संरचनासँग मुन्धुमको सम्बन्धबारे पनि विश्लेषणात्मक बहस हुने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 10:19 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका