ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने



ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणनाको कार्य सुरु गर्ने निर्णय गरेको हो ।

जिल्लाको सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भए सँगै सर्वदलीय बैठकबाट १ बजेबाट मतगणना गर्ने निर्णय भएको छ । जिल्लाको हिमाली क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत शुक्रबार बिहान ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार आज बिहान करिब तीन बजेसम्ममा चार ओटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको थियो । ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ४६ हजार ४७४ मत खसेकोमा २५ हजार ३९९ पुरुष र २१ हजार ७५ महिला रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका थिए । ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका थिए । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:21 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन