निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान



ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङचुङगोला, घुन्सा र ग्याब्ला मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी साथै सुरक्षाकर्मीसहितको टोली प्रस्थान गरेका हुन् ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार शुक्रबार बिहान ओलाङचुङगोलाका मतदान अधिकृत डम्बरबहादुर आङदेम्बे, ग्याब्लाका मतदान अधिकृत बिमल गौतम, घुन्साका मतदान अधिकृत देवेन्द्र मेन्याङ्वा र याङ्गाका मतदान अधिकृत माधव खड्काले मतपत्रसहितका निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्।

याङ्गा बस्ती समुद्र सतहबाट चार हजार दुईसय मिटर उचाइमा रहेको छ । भौगोलिक हिसाबले कठिन रहेको याङ्गा बस्ती ओलाङचुङगोला हुँदै जानुपर्छ । घुन्सा तीन हजार ४७५ मिटर उचाइमा रहेको छ । तीन हजार २३२ मिटर उचाइमा रहेका फलेका बासिन्दाले घुन्सामै पुगेर मतदान गर्छन् । तीन हजार दुईसय मिटर उचाइमा रहेको ओलाङचुङगोला झुरुप्प परेको पर्यटकीय बस्ती हो ।

मौसममा देखिएको बदली र सम्भावित यात्रा जोखिमलाई समेत ध्यानमा राखी फागुन १५ बाटै उपल्लो क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । सेढाइँका अनुसार फागुन १७ गतेसम्ममा सबै मतदान अधिकृतसहितका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगी १८ गते स्थानीयसँगको उपस्थितिमा बैठक बस्नेदेखि अनुसूची अनुसारका सूचना प्रकाशित गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : 4:55 pm

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी