ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान



ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका छ नम्बर वडा घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्रावि तथा सात नम्बर वडाको ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान छ । उक्त चार स्थानका मतपेटिका सङ्कलनको लागि हेलिकप्टर हिजो नै ताप्लेजुङ आइसकेको थियो ।

साँझ पाँच बजेपछि हेलिकप्टर प्रस्थान गर्ने तयारी गरेपनि अकस्मात् मौसममा आएको परिवर्तनका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिहान हेलिकप्टर मतपेटिका ढुवानीका लागि प्रस्थान गरेको हो । ती चारओटा स्थानको मतपेटिका हेलिकप्टरबाट सम्भव नभए बोकेर ल्याउन करिब दुई दिन लाग्ने बताइएको छ ।

यता एक सय २३ ओटा मतदान केन्द्रको मतपेटिका भने सङ्कलन भइसकेको छ । एक सय २७ ओटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ ओटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको हो ।

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार आज बिहान करिब तीन बजेसम्ममा चार ओटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको हो । सबै ठाउँको मतपेटिका सङ्कलन भइसकेपछि मात्र सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

हिमाली बस्तीको चार ओटा स्थान यातायातको पहुँचदेखि टाढा रहेकोले मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो ।

प्रकाशित मिति : 7:39 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र