प्रधानमन्त्री कार्कीद्वारा पाथीभरा मन्दिरको दर्शन



ताप्लेजुङ, फागुन १ गते । पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहनु भएका प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्नु भएको छ ।  निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री कार्कीले पाथिभरा मन्दिरमा पूजा आराधना गर्नु भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार प्रधानमन्त्री कार्की बिहान ८ बजे पाथीभरा दर्शनका लागि आइपुग्नु भएको थियो ।  मन्दिर दर्शन पछि अहिले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफलको कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनु भएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरेर शुक्रबार ताप्लेजुङ आइपुग्नु भएको हो ।  पूर्वी हिमाली जिल्लामा केन्द्रित यो भ्रमणलाई आगामी निर्वाचनको तयारी र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले हेरिएको छ ।

प्रकाशित मिति : 10:28 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ