प्रधानमन्त्री कार्कीद्वारा पाथीभरा मन्दिरको दर्शन



ताप्लेजुङ, फागुन १ गते । पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहनु भएका प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्नु भएको छ ।  निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री कार्कीले पाथिभरा मन्दिरमा पूजा आराधना गर्नु भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार प्रधानमन्त्री कार्की बिहान ८ बजे पाथीभरा दर्शनका लागि आइपुग्नु भएको थियो ।  मन्दिर दर्शन पछि अहिले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफलको कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनु भएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरेर शुक्रबार ताप्लेजुङ आइपुग्नु भएको हो ।  पूर्वी हिमाली जिल्लामा केन्द्रित यो भ्रमणलाई आगामी निर्वाचनको तयारी र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले हेरिएको छ ।

प्रकाशित मिति : 10:28 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले