असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै



काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।

प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेको ‘मुक्कुमलुङ’लाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छन्। स्रोतव्यक्तिका रूपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन्।

असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक मञ्चन हुने नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राईलगायतको अभिनय रहने छ।

नाटकमा सञ्जित थुलुङको म्युजिक डिजाइन, मणि किराँतीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहने छ। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रिला बुक्सले बजारमा ल्याएको थियो। पूर्वीपहाडी क्षेत्रको जनजीवन, त्यस क्षेत्रमा बसोवास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरूमा लेखिएका १५ वटा कथाहरू डोलीभर्नामा संग्रहित छ। पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहाँका लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य सामयिक विषयमा ‘डोलीभर्ना’ मा समावेश १५ कथाहरूमध्ये ‘मुक्कुमलुङ’ पनि एक हो ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि लिम्बू समुदायले त्यसको चर्को विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : 5:10 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन