मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 



ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानको प्रथम स्थापना दिवसको अवसरमा एक दिने साहित्य गोष्ठी कार्यक्रमको आयोजना गरिएको । 

प्रतिष्ठानले दिवसकै अवसरमा फुङलिङ नगरपालिका ९ हाङदेवाका ७२ वर्षीय लेख बहादुर मादेनलाई सम्मान समेत गरेको छ । मादेनले थोक्ला किराँत लिम्बू वर्णमाला र ताप्लेजुङको पौराणिक इतिहास समेटिएको पुस्तक प्रकाश गरि साहित्यको क्षेत्रमा योगदान पु¥याउनु भएकाले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । उहाँका अनुसार मादेनलाई दोसल्ल ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । 

सम्मान कार्यक्रमले साहित्य क्षेत्रमा प्रवेश गर्दे गरेका उदयमान साहित्यकारलाई समेत प्रेरणा मिल्ने प्रतिष्ठानको विश्वास रहेको छ । कार्यक्रममा जिल्लाका अग्रज साहित्यकार तथा साहित्य क्षेत्रमा उदाउँदै गरेका श्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष हेल्लोकका अनुसार अग्रज साहित्यकारहरू उदय अपेक्ष साउदेन, लक्ष्मी प्रसाद चुँडाल, धनपति ढुङ्गेल, शान्तिराम नेपाल, प्रशान्त लेखक, लिला आँसु लगायतले रचना वाचन गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, विशिष्ट अतिथि प्रदेशका पूर्वमन्त्री बल बहादुर साम्सोहाङ प्रतिष्ठानका प्रतिनिधि अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:55 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो