मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 



ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानको प्रथम स्थापना दिवसको अवसरमा एक दिने साहित्य गोष्ठी कार्यक्रमको आयोजना गरिएको । 

प्रतिष्ठानले दिवसकै अवसरमा फुङलिङ नगरपालिका ९ हाङदेवाका ७२ वर्षीय लेख बहादुर मादेनलाई सम्मान समेत गरेको छ । मादेनले थोक्ला किराँत लिम्बू वर्णमाला र ताप्लेजुङको पौराणिक इतिहास समेटिएको पुस्तक प्रकाश गरि साहित्यको क्षेत्रमा योगदान पु¥याउनु भएकाले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । उहाँका अनुसार मादेनलाई दोसल्ल ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । 

सम्मान कार्यक्रमले साहित्य क्षेत्रमा प्रवेश गर्दे गरेका उदयमान साहित्यकारलाई समेत प्रेरणा मिल्ने प्रतिष्ठानको विश्वास रहेको छ । कार्यक्रममा जिल्लाका अग्रज साहित्यकार तथा साहित्य क्षेत्रमा उदाउँदै गरेका श्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष हेल्लोकका अनुसार अग्रज साहित्यकारहरू उदय अपेक्ष साउदेन, लक्ष्मी प्रसाद चुँडाल, धनपति ढुङ्गेल, शान्तिराम नेपाल, प्रशान्त लेखक, लिला आँसु लगायतले रचना वाचन गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, विशिष्ट अतिथि प्रदेशका पूर्वमन्त्री बल बहादुर साम्सोहाङ प्रतिष्ठानका प्रतिनिधि अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:55 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा