विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास



ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित सुरक्षा निकायले संयुक्त रूपमा विपद् प्रतिकार्य नमूना अभ्यास गरेका छन् ।

नेपाली सेनाको दुर्गादल गुल्मको संयोजनमा शुक्रबार फुङलिङस्थित गुल्म परिसरमा नमूना अभ्यास शिक्षण गरिएको हो । अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका सुरक्षाकर्मी सहभागी भएका थिए ।

अभ्यासका क्रममा नदी तथा खोलामा बाढीपहिरोका कारण फसेका व्यक्ति र घाइतेको उद्धार, अग्लो तथा भिरालो स्थानबाट गरिने उद्धार र आगलागी नियन्त्रणका उपाय प्रदर्शन गरिएको थियो । विशेषगरी हाई लाइन तथा हाई एङ्गल रेस्क्यु (¥यापलिङ), रिभर क्रसिङ र आगलागी नियन्त्रणसम्बन्धी नमूना अभ्यास प्रस्तुत गरिएको दुर्गादल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमशेर जबराले जानकारी दिनुभयो ।

अभ्यासमा डोरीको सहायताले खोला तथा खोंचमा फसेका व्यक्तिको उद्धार गर्ने, उद्धारकर्तासमेत सहजै पुग्न नसक्ने स्थानबाट सुरक्षित रूपमा उद्धार गर्ने र नदीको एक किनारबाट अर्को किनारमा पुगेर उद्धार गर्ने विधिबारे प्रदर्शन गरिएको थियो । त्यसैगरी खाना पकाउने ग्यास सिलिन्डरबाट हुन सक्ने आगलागी तथा अन्य सम्भावित आगलागी नियन्त्रणका उपायसमेत प्रस्तुत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले विपद्का समयमा परिचालित हुने सुरक्षा निकायको उद्धार क्षमता अभिवृद्धि गर्नुका साथै सर्वसाधारण र सरोकारवाला पक्षलाई पूर्वतयारी तथा सावधानीबारे सचेत गराउने उद्देश्यले संयुक्त अभ्यास आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार अभ्यासले सुरक्षा निकायबीचको समन्वय र विपद् प्रतिकार्यका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन सहयोग पुग्नेछ ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईं, सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बोहोरा, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किरण थापामगर, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 4:02 pm

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने

नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा