हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबै बिक्यो, निष्काशन पुस ११ गते बन्द हुने



हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओमा साढे १४ लाख बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।

कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।

प्रकाशित मिति : 12:57 am

चक्रवात ‘मोन्था’को प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ, कात्तिक १४ गते । बंगालको खाडीमा विकसित भएको चक्रवात

अलैँची टिप्नमा व्यस्त किसान (फोटोफिचर)

ताप्लेजुङ, कात्तिक १४ गते । अहिले किसानहरू अलैँची टिप्नमा व्यस्त

मन्त्र व्याण्डको लाईभ कन्सर्टमा उपस्थित हुन आयोजकद्धारा पाथीभराबाट सार्वजनिक आह्वान

रेडियो काबेलीताप्लेजुङ । मंसिर २ गते मन्त्र व्याण्डको उपस्थितीमा ताप्लेजुङमा

फुङ्लिङ बजार अब शुक्रबार बन्द हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार बन्द हुने

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई

रेडियो काबेलीताप्लेजुङ । अन्तर जिल्ला स्तरीय आमन्त्रित पॉचौ मेरिङदेन कप