ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो



ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रसहित नौवटै स्थानीय तहका संयोजक तोकेको छ ।

कांग्रेस जिल्ला संयोजक राज थेबेले दिएको जानकारीअनुसार प्रदेशसभा क्षेत्र ‘क’ को संयोजकमा ललित गुरुङ र क्षेत्र ‘ख’ को संयोजकमा खेमकुमार कार्कीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै फुङलिङ नगरपालिकाको संयोजकमा चोलुङ सेनेहाङ, फक्ताङलुङ गाउँपालिकामा राजेन्द्र अङछबो, सिदिङवा गाउँपालिकामा भीम तामाङ र सिरिजङ्घा गाउँपालिकामा लक्ष्मी थेबेलाई संयोजक तोकिएको छ ।

यसैगरी मेरिङदेन गाउँपालिकाको संयोजकमा दिलकुमार केदेम, मैवाखोला गाउँपालिकामा दिपेन लिम्बू, आठराई त्रिवेणी गाउँपालिकामा सनबहादुर लिम्बू, मिक्वाखोला गाउँपालिकामा लालबहादुर लिम्बू र पाथीभरा याङवरक गाउँपालिकामा नेत्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको जिल्ला संयोजक थेबेले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा पार्टीको संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने उद्देश्यले संयोजक तोकिएको कांग्रेसले जनाएको छ । नयाँ जिम्मेवारीसँगै जिल्लामा पार्टीका संगठनात्मक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जिल्ला संयोजक थेबेका अनुसार कांग्रेसले संगठन विस्तार र अधिवेशनलाई समेत निरन्तरता दिएको छ । उहाँका अनुसार सोमबार ताप्लेजुङका २७ वटा वडामा अधिवेशन भइरहेको छ ।

स्थानीय तह तथा प्रदेशसभा क्षेत्रमा संयोजक तोकेसँगै पार्टीको तल्लो तहसम्मको संगठन परिचालन, सदस्यता विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित बनाउने तयारी गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : 6:19 am

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको