फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए



ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरेको छ ।

गाउँपालिका शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले फक्ताङलुङ–सिसवा गाउँका कक्षा ८ को पढाइ छाडेका मनिष राईलाई पुनः विद्यालय फर्काउने वातावरण बनेको जानकारी दिनुभयो ।

“एउटा विद्यार्थी विद्यालय फर्कनु भनेको एउटा भविष्य उज्यालोतर्फ फर्कनु हो,” अध्यक्ष लिम्बूले भन्नुभयो । मनिष र उहाँका अभिभावकसँग छलफल गरेपछि पढाइलाई निरन्तरता दिने वातावरण बनेको उहाँले बताउनुभयो ।

पढाइको महत्व, अभिभावक शिक्षा तथा विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउन सहजीकरण गरेकोमा सामथ्र्य फाउण्डेसनका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पन्त र सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि केदेम सुब्बालाई अध्यक्ष लिम्बूले धन्यवाद दिनुभएको छ ।

फक्ताङलुङका कुनै पनि बालबालिका शिक्षा, अवसर र सम्भावनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । त्यसकै एक प्रारूपका रूपमा गाउँपालिकाले सबै वडाका टोल–टोलमा पुगेर अभिभावकलाई शिक्षाको महत्वबारे सचेत गराउँदै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रभावकारी शिक्षण सिकाइको वातावरण बनाउन गाउँपालिकाले सामथ्र्य फाउण्डेसन, फेज नेपाल, एक्सन फर नेपाल, ह्युमन प्राक्टिस फाउण्डेसन, हिमालयन डेभलपमेन्ट फाउण्डेसन अस्ट्रेलिया, पुतली सहयोग परियोजना र रिड नेपाललगायत संस्थालाई शैक्षिक क्षेत्रमा जिम्मेवारी दिएको छ ।

उत्तरी हिमाली क्षेत्रका १० वडामा करिब १७ वर्षदेखि रिड नेपालको नामबाट सञ्चालन हुँदै आएको हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगको शैक्षिक कार्यक्रम अहिले सामथ्र्य फाउण्डेसनमार्फत सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:14 am

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको