कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार



ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १३ लाख ९५ हजार १३६ रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाको २३औँ वार्षिक साधारण सभा तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत विवरणअनुसार उक्त आर्थिक वर्षमा संस्थाको कुल आम्दानी एक करोड ५४ लाख ९९ हजार ९४० रुपियाँ रहेको छ । यस्तै, संस्थाको कुल खर्च एक करोड ३९ लाख ४९ हजार ७८८ रुपियाँ रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष चन्द्र यवागुले आर्थिक गतिविधि र सदस्यको सहभागिता बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म संस्थामा दुई हजार ७९५ जना शेयर सदस्य रहेका छन् ।

रजत जयन्तीको अवसरमा संस्थाले बाल बचतकर्तामध्ये माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा दुई छात्र, दुई छात्रा र प्राविधिक धारतर्फका एक जना विद्यार्थी रहेका छन् । 

जसमा स्नेहा तामाङ, साइन्सा साम्सोहाङ, निसुङहाङ सेन्दाङ, मोविचन यवागु र युनिक अधिकारी रहनुभएको छ । उहाँहरूलाई नगद एक हजार रुपियाँ, सम्मानपत्र र ताप्लेजुङको परिचय दिने पुस्तक प्रदान गरिएको अध्यक्ष यवागुले जानकारी दिनुभयो ।

यसैगरी साधारण सभाको अवसरमा चार जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । सिरिजङ्घा गाउँपालिकाकी लोकमाया यवागु, पाथीभरा याङवरकका चन्द्रप्रकाश मेन्याङबो, फुङलिङ नगरपालिकाकी चन्द्रमाया गुरुङ र छत्रबहादुर गुरुङलाई नगद एक हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

संस्थाले उत्कृष्ट बाल सदस्यतर्फ सिरिजङ्घाकी प्रनिषा ढकाल र पाथीभरा याङवरककी लिजा ढकाललाई सम्मान गरेको छ । उत्कृष्ट बाल बचतकर्ताका रूपमा फुङलिङ–४ की ईमा राई र लाबिनहाङ नाल्बो सम्मानित हुनुभएको छ ।

त्यस्तै, उत्कृष्ट बचत समूहतर्फ पाथीभरा याङवरकको सुनखानी महिला समूह र उत्कृष्ट कृषक सदस्यतर्फ धनकुमारी मादेनलाई नगद एक हजार रुपियाँ र सम्मानपत्रसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङबोले सहकारीले सदस्यको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले सदस्य केन्द्रित भएर पारदर्शी र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रजत जयन्तीका अवसरमा संस्थाले आफ्ना सदस्य, बचतकर्ता, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गर्दै सहकारीसँग जोडिएका विभिन्न क्षेत्रमा योगदान पु¥याउने सदस्यलाई प्रोत्साहन गरेको हो ।


 

प्रकाशित मिति : 4:43 pm

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक