अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु



ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१ निवासी ५० वर्षीय छत्रबहादुर सुनुवार रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईंका अनुसार फुङलिङ नगरपालिका–६ थुवाजुङस्थित सुवास मादेनको बारीमा रहेको अरिङ्गालको गोलो झार्ने क्रममा सुनुवार लड्नुभएको थियो । लडेर गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाबारे फुङलिङ नगरपालिका–१ का वडाध्यक्ष रुद्रकुमार मादेनले प्रहरीलाई जानकारी गराउनुभएको डीएसपी बजगाईंले बताउनुभयो । जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

घटना अरिङ्गाल झार्ने क्रममा भएको प्रारम्भिक जानकारी आए पनि घटनाको थप विवरण र मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:58 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य