दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान



ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३२ विधाका खेलमा खेलाडी छनोट गरिने भएको छ । जिल्ला खेलकुद विकास समितिले प्रतियोगिताका लागि इच्छुक खेलाडीलाई असोज १९ गतेसम्म नाम दर्ता गराउन आह्वान गरेको छ ।

समितिका अध्यक्ष चन्द्र थेवेका अनुसार इच्छुक खेलाडीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म समितिको कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन सक्नेछन् । नाम दर्ताका लागि नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको दुई प्रति फोटो आवश्यक पर्नेछ ।

कार्यालय प्रमुख यज्ञनीनि पौडेलका अनुसार आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, कराँते, जिम्न्यास्टिक, हक्की, तेक्वान्दो, जुडो, कबड्डी, खोखो, रग्बी, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र सेपाकताक्रोसहित ३२ विधामा खेलाडी छनोट गरिनेछ ।

जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीमध्येबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट हुने समितिले जनाएको छ । प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने खेलाडीलाई राज्यले दैनिक भत्तासहित पोशाक, आवास र यातायातको व्यवस्था गर्ने कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

समितिले जिल्लाका विभिन्न खेल विधामा सक्रिय तथा इच्छुक खेलाडीलाई तोकिएको समयभित्र कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:17 am

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै