ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बा २३ वर्षीय मन्दिप साँवा लिम्बू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार साँवालाई मिक्वाखोला गाउँपालिकाको पापुङमा निर्माणधीन २१ मेगावट क्षमताको पालुङ खोला जलविद्युत आयोजनामा कार्यरत साँवाको मृत्यु भएको हो । डिलिङ गर्ने क्रममा मङ्गलबार बिहान करिब ९ बजे माथिबाट झरेको ढुङ्गाले लागेर साँवा घाइते भएका थिए ।
घाइते भएका साँवालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइपुर्याँउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।
मृतकको शव हाल जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । मृतकका परिवारले आयोजनासँग क्षतिपुर्ति लगायतको विषयमा जिल्ला अस्पतालको परिसरमा छलफल जारी राखेका छन् । पीडित परिवारले मृतकको श्रीमतीलाई रोजगारी दिनुपर्ने, बीमा बापतको रकम चाँडै उपलब्ध गराउनुपर्ने, क्रिया खर्च तथा बालबालिका हेरचाह लगायत माग राखेका छन् ।






प्रतिक्रिया