ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। केन्द्रले पदाधिकारी, सल्लाहकार, सदस्य तथा शुभेच्छुकबाट स्वेच्छिक रूपमा संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले सहयोग रकम संकलन गरिएको केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिनुभयो। उहाँका अनुसार २७ जना व्यक्ति तथा संस्थाबाट रकम संकलन गरिएको हो। सहयोग रकममध्ये बलबहादुर तामाङले २५ हजार, अनन्तबहादुर थेबेले १० हजार पाँच, डा. रणध्वोज आङबुहाङ र नरेन्द्र दाहालले १०–१० हजार तथा इश्वरी पौडेलले पाँच हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ।
त्यस्तै डा. भरत प्रधान र पब्लिक हेल्थ कन्सर्न कोअपरेटिभ सोसाइटीले पाँच–पाँच हजार १०० रुपैयाँ, नन्दु वनेम र कुमार कँडेलले पाँच–पाँच हजार, चित्रगुप्त, सन्तोष मादेन र अशोकप्यासीले तीन–तीन हजार तथा हेम तेम्बे, धनजीत साँवा र लोजक लामाले दुई हजार ५०० रुपैयाँका दरले सहयोग गर्नुभएको केन्द्रले जनाएको छ। जीवन राई, कुलबहादुर मगर, खगेन्द्र बरूहाङ र रबिन भट्टराईले दुई–दुई हजार तथा प्रोसेस गौतमले एक हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ।
अन्य सहयोगदाताले पनि आफ्नो क्षमता र इच्छाअनुसार रकम प्रदान गरेको केन्द्रले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उद्धार कोषमा जम्मा गरिएको केन्द्रका उपाध्यक्ष मादेनले बताउनुभयो। विपद्का समयमा सहयोग गर्ने सबै दाताप्रति केन्द्रका महासचिव अशोकप्यासी राईले आभार व्यक्त गर्नुभएको छ।






प्रतिक्रिया