दोभान अग्निपीडितलाई नेकपाको राहत



ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभानका अग्निपीडित परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राहत सामग्री उपलब्ध गराएको छ । नेकपाको टोलीले सोमबार दोभान पुगेर आगलागीबाट विस्थापित परिवारलाई सिरक, डसना, तन्ना, सिरानीलगायतका आवश्यक सामग्री वितरण गरेको हो ।

विपद्को समयमा पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको नेकपाकी केन्द्रीय सदस्य नीता शिवा बताउनुभयो । राहत वितरण कार्यक्रममा केन्द्रीय सदस्य शिवा, अनुशासन आयोग सदस्य इन्द्र श्रेष्ठलगायत जिल्ला तहका नेताहरूको उपस्थिति थियो ।

आगलागीबाट घर तथा धनमाल गुमाएका परिवारलाई पुनःस्थापना गर्न तत्कालीन राहतसँगै दीर्घकालीन सहयोग आवश्यक रहेको नेताहरूले बताएका थिए ।

गत असोज ८ गते दोभान बजारमा भएको आगलागीमा १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका थिए । आगलागीका कारण १७ परिवार विस्थापित भएका छन् । आगलागीबाट घरसँगै लत्ताकपडा, खाद्यान्न, फर्निचर, पसल तथा अन्य सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीबाट विस्थापित परिवार हाल अस्थायी आश्रयमा बस्दै आएका छन् ।

पीडित परिवारको राहत, पुनःस्थापना तथा आवास व्यवस्थापनका लागि विभिन्न व्यक्ति, राजनीतिक दल, संघसंस्था र स्थानीय तहबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रकाशित मिति : 5:43 pm

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा

भोटेकोशी बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले भोटेकोशीमा

श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण

ताप्लेजुङ, आसोज १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले ६

दोभान अग्निपीडितलाई नेकपाको राहत

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभानका अग्निपीडित