दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण



ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान बजारमा भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई प्रारम्भिक राहत वितरण गरिएको छ। आगलागीपछि मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिले आपत्कालीन बैठक गरी राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गरेको हो।

शुक्रबार गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक युकहाङ विर हाङ्गाम (डम्बर) को अध्यक्षतामा बसेको बैठकले आगलागी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

बैठकपछि गाउँपालिकाको तर्फबाट प्रभावित परिवारलाई प्रारम्भिक राहत सामग्री वितरण गरिएको थियो। राहत वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता देवी सेन्दाङ, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगाम, गाउँपालिका अध्यक्ष हाङगाम, उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङवाङ, वडाध्यक्ष, नेपाली रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि घटनास्थल पुगेर आगलागीबाट भएको क्षति र प्रभावित परिवारको अवस्थाबारे जानकारी लिएका छन्। समितिले प्रभावित परिवारलाई जनही २० हजार रुपैयाँका दरले राहत रकमसहित सामग्री उपलब्ध गराएको जनाएको छ।

प्रभावित परिवारको थप राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, रेडक्रस, निजी क्षेत्र र स्थानीय समुदायबाट सहयोग भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 6:14 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण