ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सात दिनसम्म बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरेको छ। अस्पतालले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक अवस्थाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको हो।
मौसम विज्ञान विभागले ताप्लेजुङसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि अस्पतालले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिहीबार चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आकस्मिक बैठक बोलाएर यस्तो निर्णय गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किरण थापामगरले जानकारी दिनुभयो।
बैठकले विपद् तथा आपत्कालीन अवस्थामा अस्पतालबाट प्रदान गरिने आकस्मिक तथा अन्य स्वास्थ्य सेवालाई प्रभावकारी र निरन्तर बनाउन आवश्यक पूर्वतयारी गर्ने निर्णय गरेको छ। साथै, विपद्का बेला आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, उपकरण, इन्धन तथा अन्य स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्ने र आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा कर्मचारी परिचालन गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
विपद्का समयमा तत्काल परिचालन गर्न सकिने गरी अस्पतालले इमर्जेन्सी मेडिकल टिम ९आपत्कालीन स्वास्थ्य टोली० समेत गठन गरेको डा। थापामगरले बताउनुभयो।
विपद्का कारण स्वास्थ्य सेवामा पर्न सक्ने असर न्यूनीकरण गर्दै बिरामीलाई निरन्तर आकस्मिक सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले जनशक्ति, औषधी तथा आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।






प्रतिक्रिया