ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध




ताप्लेजुङ असोज ९ गते ।
निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध भएको छ। दोभान–मैवाखोला पुलनजिक सडकमा पानी जम्नुका साथै सडक बिग्रिएपछि यातायात प्रभावित भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउनुभयो।

उहाँका अनुसार उत्तर–दक्षिण ओलाङचुङगोला सडक आयोजनाअन्तर्गत लामो समयदेखि निर्माणाधीन सडकको काम प्रभावकारी रूपमा अघि नबढ्दा समस्या भएको हो। करिब छ वर्षअघि ठेक्का लागेको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले समयमै सडक सुधार नगरेको अध्यक्ष पोमूको भनाइ छ।

“लामा कन्स्ट्रक्सनसँग जतिसक्दो चाँडो सडक सञ्चालन हुने गरी काम गर्न कुरा भएको छ,” उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरबाहीका कारण दोभानदेखि सोभुवाखोलासम्मको सडक अत्यन्तै बिग्रिएको छ।”

अध्यक्ष पोमूका अनुसार तमोर करिडोरअन्तर्गत लिम्बुनी पुलसम्मको सडकको अवस्था पनि उस्तै छ। उक्त खण्डमा समेत निर्माण कम्पनीले समयमा काम नगर्दा स्थानीयवासी र यात्रुले समस्या भोग्दै आएका छन्।

वर्षाका कारण सडकमा थप क्षति पुग्न सक्ने भएकाले गाउँपालिकाले तत्काल सडक खुलाउन सम्बन्धित आयोजना र निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ। सडक अवरुद्ध हुँदा दैनिक आवतजावत तथा ढुवानीमा समेत असर परेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 12:01 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै