ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 



ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट ५२ लाख ९६ हजार बढी रकम सङ्कलन भएको छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा गेट टिकट र प्याकेज गरी जम्मा ५२ लाख ९६ हजार ९४८ रुपियाँ रकम सङ्कलन भएको हो । 

आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिबार तोक्मेडाडाँमा पत्रकार सम्मेलनको आयोजना गरी आय व्यय सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । जसमा गेट टिकट बिक्रीबाट ३८ लाख २८ हजार ६५० रुपियाँ रकम सङ्कलन भएको छ भने प्याकेज टिकट बिक्रीबाट १४ लाख ८६ हजार २९८ रुपियाँ रकम सङ्कलन भएको लाखेजात्र सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

 शेर्पाका अनुसार प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ सङ्कलन भएको छ । क्वार्टरफाइनलका लागि दुई सय रुपियाँ टिकट दर निर्धारण गरिएको थियो । त्यस्तै, सेमिफाइनलमा दुई खेलबाट छ लाख पाँच हजार ७०० रुपियाँ र फाइनलमा टिकट बिक्रीबाट २० लाख ३३ हजार रुपियाँ सङ्कलन भएको शेर्पाले बताउनुभयो ।

सेमिफाइनलमा तीन सय रुपियाँ र फाइनलमा पाँच सय रुपियाँ टिकट दर निर्धारण गरिएको थियो । आयोजकले पुरा खेल हेर्नलाई न्यूनतम् तीन हजार रुपियाँको छुट्टै प्याकेज टिकट पनि बिक्री गरेको थियो । यसवर्ष विजेतालाई सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेतालाई तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि सलहेश युवा क्लब सिराहाले हात पारेको थियो भने पाँचथरको फिदिम स्पोर्टिङ क्लबले उपविजेतामा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता भदौ १२ गते सुरु भएर भदौ १९ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 10:50 am

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि

ताप्लेजुङमा लागूऔषधसहित युवक पक्राउ

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित