थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने



ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नेपाल छारे रोग संघ काठमाडौँ र पाथीभरा याङवरक गाउँपालिकाको संयुक्त आयोजनामा आगामी असोज १० गते शनिबार शिविर सञ्चालन हुने भएको हो ।

थेचम्बु स्वास्थ्य चौकीमा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने शिविरमा छारे रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सहभागी हुने बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने छ ।

शिविरमा छारे रोगको समस्या भएका तथा स्वास्थ्य परीक्षण र परामर्श आवश्यक पर्ने व्यक्तिले शिविरबाट सेवा लिन सक्नेछन् । शिविरमा सहभागी हुन इच्छुकले फोनमार्फत नाम टिपाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

छारे रोगसम्बन्धी समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य परीक्षण तथा उपचारमा पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको पालिका अध्यक्ष सुब्बाको भनाई छ ।

प्रकाशित मिति : 4:55 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला