पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन



ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा भदौ महिनामा १३ लाख ६७ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एक महिनाको अवधिमा उक्त रकम सङ्कलन भएको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भदौमा छ हजार १२३ जना तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । समितिले मन्दिरमा दर्शनार्थीले चढाएको भेटी हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आएको छ ।

चालु आर्थिक वर्षको साउनमा भने तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको थियो । गत आर्थिक वर्षको साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या र भेटी दुवै बढेको देखिएको छ । गत आवको भदौमा चार हजार ५०३ जना तीर्थयात्रीले पाथीभराको दर्शन गर्दा नौ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो ।

पाथीभरा मन्दिरमा भेटीबाहेक दर्शनार्थीले शैक्षिक सामग्री, सुनचाँदी, माना–पाथी, त्रिशूल, घण्टी, सिक्कालगायतका सामग्रीसमेत चढाउने गरेका छन् । यस्ता सामग्री समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी सुरक्षित भण्डारण गर्ने गरेका छन् ।

समितिका अनुसार गत आर्थिक वर्षभरि पाथीभरामा दुई लाख ५२ हजार ७८ जना दर्शनार्थी पुगेका थिए । सो अवधिमा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको थियो ।

प्रकाशित मिति : 6:30 am

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित