फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने



ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २६ लाख १५ हजार ७४२ रुपियाँ १७ पैसा जम्मा गर्ने भएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीबाट उक्त रकम संकलन गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) र प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधाबाट दुई लाख ३४ हजार २५० रुपियाँ, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट छ लाख ४८ हजार ५३२ रुपियाँ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलबबाट १७ लाख ३२ हजार ९६० रुपियाँ १७ पैसा संकलन गरिएको हो ।

भोटेकोशी नदीसहित विभिन्न स्थानमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको भदौ २६ गते बसेको बैठकले विपद् प्रभावितका लागि सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:11 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ